काठमाडौं– ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले राजमार्गमा गाडी आवतजावत भइरहेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि आफन्तले सडक बन्द गरेका थिए ।
दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका–६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar