एजेन्सी– अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो ।
मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्ति लक्षित भएको टिप्पणी गरेका छन् ।
रिपब्लिकन सांसद म्याट गेट्जले म्याकार्थीलाई निष्कासन गर्न सोमवार संसदमा औपचारिक प्रस्ताव दायर गरेका थिए ।
म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी मतदानबाट हटाइएका पहिलो सभामुख बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar