काठमाडौं–नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ ।
कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।
मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar