काठमाडौं– काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि परेको झरी रोकिएको छैन ।
आज पनि धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।
सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar