काठमाडौं– आज नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा ओर्लिएको छ । सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज घटेको हो ।
नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ३.६६, फ्लोट इण्डेक्स १.१९ र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ । घलेम्दी हाइड्रोको सेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको आज साढे ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar