काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिन गरौं भन्दा आत्तिएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा, सुशासनलगायतका विषयमा गृहमन्त्री श्रेष्ठको आलोचना गर्दै सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको आरोप लगाएका छन् ।
ओलीले गृहमन्त्री श्रेष्ठ सुन तस्करीबारे छानबिन गर्न डराएको बताए । ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ,’ ओलीले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’
सुशासन अभियान नभएर सरकारको काम भएको बताउँदै ओलीले सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने बताए ।
प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीले बताए ।
एक क्विन्टल सुन तस्करीमा संलग्न व्यक्तिलाई छाडिएको तर सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाण पत्र मुद्दामा हत्कडी लगाइएको ओलीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar