काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।
सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने ।
डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने थापाको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar