काठमाडौं– सोमबार काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन् ।
सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका–९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका–२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो ।
उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन् ।
घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो । हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए ।
हुसेनलाई अहिले महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar