काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नजिकिदै गरेको चाडपर्वमा विदेशबाट फर्किने नेपालीहरुले आफ्नो व्यक्तिगत प्रयोगका सामान बाहेक अन्य सामान नल्याउन सुचित गराएको छ ।
विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकहरुलाई विदेशका विमानस्थलमा केहि व्यक्ति तथा समुहले विभिन्न प्रलोभन देखाई मालसामान (जस्तै; ल्यापटप, मोबाइल, सुन, घडी आदि )नेपालको विमानस्थलसम्म पु¥याइदिनु भन्ने गरेको सूचना प्राप्त भए सगैं त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त प्रलोभनमा परि परिचित तथा अपरिचित व्यक्तिको मालसामान नल्याउन आग्रह गरेको हो ।
स्वदेश फर्किने क्रममा आफ्नो व्यक्तिगत प्रयोगका सामान ( कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेको मालसामान नल्याउन कार्यालयले अनुरोध गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar