काठमाडौं– सेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको सेयर बढेको छ । सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar