सुर्खेत – वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेश अधिबेशनको मतगणनास्थल तोडफोड भएको छ ।
वीरेन्द्रनगरस्थित सिटीहलमा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाका क्रममा एमाले कार्यकर्ताहरुले नै तोडफोड गरेका हुन् । जारी अधिवेशनको निर्वाचन समितिमा रहेका नेता सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएको भन्दै शाही पक्षधरका कार्यकर्ताहरुले सिटीहलमा तोडफोडमा गरेका हुन् । तोडफोडबाट सिटी हलका सिसाहरु फुटेको प्रहरीले जनाएको छ ।
सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेको भन्दै मौखीक उजुरीपछी सोधपुछका लागी प्रहरीले रोक्ने क्रममा शाहीसंग रहेका अनेरास्ववियुका कार्यकर्ताहरु तोडफोडमा उत्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । ‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको हो । उनलाई हामीले सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने ।
मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएको भन्दै त्यसको बिरोध भएको थियो ।
घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरि सुरक्षाव्यवस्था कडा पारिएको र अहिले मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar