काठमाडौं– एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
हाङझाउ नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो ।
समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो ।
हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar