काठमाडौं– यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो ।
विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएको थियो भने विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar