काठमाडाैं – माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् । माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स पीपीएमका उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरे । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात पारेका हुन् ।
लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् । नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रूपमा परिचित छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा मुइज्जु विजयी भएकामा उनलाई बधाई दिएका छन् । ‘माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएकोमा उहाँलाई बधाई एवं शुभकामना । भारत–माल्दिभ्स द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन तथा हिन्द महासागर क्षेत्रमा समग्र सहयोग अभिवृद्धि गर्न भारत प्रतिबद्ध छ’, मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar