काठमाडौं– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजो प्रदेश १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकल र बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका– ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।
नियन्त्रणमा लिएको गाँजा, जीप, मोटरसाइकल र पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar