काठमाडौं– संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले आज चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
चिकित्सकमाथी दुब्यवहार गर्नेलाई कारबाही गर्न र हिंसारहित, भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय समितिले गरेको छ’ समितिको निर्णय सुनाउँदै सभापति भानुभक्त जोशीले भने ।
समितिले आन्दोलनमा उत्रिएका चिकित्सकलाई पनि सरकारसँग वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar