काठमाडौं– अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेपछि चाडपर्वमा चिनीको अभाव हुने आशंका भइरहेको बेला दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ ।
कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल चिनी मौज्दात छ ।
२० हजार टन आयातका लागि प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले १०÷१० हजार टन चिनी खरिद गर्ने तयारीमा छ ।
अहिले साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । तर, उपभोक्ताले खुद्रा पसलमा किलोको १ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar