काठमाडौं – सन्राइज क्यापिटल लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले आ.व. २०७९/०८० को नाफाबाट आफ्ना सेयरधनजीलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको जनाएको छ । क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको जनाएको छ ।
कम्पनीले इन्भेष्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गरिरहेको जनाएको छ । उक्त म्युचुअल फण्ड मध्य सन्राइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ ।
साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकको लागानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको क्यापिटलको दावी छ ।
साधारण सभाले सन्राईज क्यापिटल र लक्ष्मी क्यापिटल एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar