काठमाडौं – नेकपा एमालेको जारी बागमती प्रदेश अधिबेशनमा प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिएका केशव पाण्डेले अन्ततः उम्मेदवारी फिर्ता लिएका छन् ।
हिजो साँझ पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई च्यालेन्ज दिँदै पाण्डेले प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । निवर्तमान अध्यक्ष समेत रहेका नुवाकोटका नेता पाण्डेले सहमती चलिरहँदा जवरजस्त वारेसनामा मार्फत् उम्मेदवारी दर्ता गराएका थिए । यद्धपी आज भएको छलफलमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यद्धपी अरु आकांक्षीहरुले भने अझैसम्मपनी उम्मेदवारी कायमै राखेका छन् ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए ।
तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar