काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेका हुन् ।
चिकित्सकहरुमाथि भएको घटना निन्दनीय रहेको भन्दै उनले भने, “चिकित्सकमाथि दिन प्रतिदिन दुखद् घटना भएका छन् । यो खेद जनक छ ।” यसका बारेमा पटक–पटक गृहमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्री बसेर छलफल गरिरहेको उनको भनाइ थियो ।
हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्य सम्बन्धी सुरक्षाका बिषयहरुलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनहरुमा यस्ता घटना नहुन् भनेर शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका कारण बन्द भएका शैक्षिक संस्थाहरु छिट्टै सञ्चालनमा ल्याइने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar