काठमाडौं – सर्च इन्जिनको बादशाह गुगल २५ वर्षअघि आजकै दिन क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो ।
गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७ सेप्टेम्बरलाई जन्मदिनका रूपमा मनाइन्छ ।
२५ वर्षमा गुगल इन्टरनेटको पर्याय नै बनेको छ । इन्टरनेटमा गुगलको प्रयोग त्यसरी भइरहेको छ, जसरी सवारी चलाउन इन्धन वा ऊर्जा प्रयोग गरिन्छ । जसरी इन्टरनेटमा कन्टेन्ट बढ्दै गयो, त्यसरी नै कन्टेन्ट सहज र सरल तरिकाले खोज्ने प्रयोगकर्ताको चाहना बढ्दै गयो ।
आजकाल अधिकांश कामका लागि कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग भएकै हुन्छ । यदि इन्टरनेटबाट सर्चको सुविधा हटाइदिने हो भने मात्र पनि इन्टरनेटको अस्तित्व के हुन्छ भन्ने बहस उठ्न सुरु हुन्छ । त्यसबाहेक पनि यदि सर्च इन्जिन नहुने हो भने हामी आफूलाई उपयुक्त हुने कन्टेन्ट खोज्न पाउँदैनौं । कन्टेन्ट सर्च गर्ने सन्दर्भमा गुगल सबैभन्दा अग्रस्थानमा छ ।
यसो त सर्च इन्जिनको सुविधा भएका अन्य थुप्रै प्लेटफर्म पनि छन् । तर, प्रयोगकर्तालाई सबैभन्दा उपयुक्त र भरपर्दो सुविधा उपलब्ध गराउने प्लेटफर्म गुगल नै हो । त्यसैले पनि गुगल अन्य प्लेटफर्मभन्दा प्रख्यात छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar