काठमाडौं – ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुने भएको छ ।
यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरारसहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको ‘ब्रेक शु’ राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही ’ब्रेक शु’ भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar