एजेन्सी– पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कारागारमा सार्न आदेश दिइएको हो ।
तेहरिक ए इस्लाम पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खानलाई उच्च सुरक्षासहितको जेलमा राख्न माग गरिएको थियो । भ्रष्टाचारको आरोपमा इस्लामावाद अदालतले खानलाई ३ वर्षको जेल सजाय सुनाएको थियो ।
यसअघि इमरान खानले आफूलाई दुर्गम क्षेत्रमा रहेको निकै नै साँघुरो कारागारमा राखिएको भन्दै बिरोध जनाएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar