काठमाडौं– बागमती प्रदेश सरकारले पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता गरेको छ ।
चितवनका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने भएको हो । यससम्बन्धी सम्झौतासमेत गरिएको छ ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने भएका छन् । सङ्घीय सरकारले दिने रु एक लाख खर्च भएपछि बिरामीले थप रु ५० हजार उपचार खर्च पाउने भएका हुन् ।
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन् । बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ ।
यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार सेवा निःशुल्क पाउनेछन् । प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar