काठमाडौं– खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा.देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ ।
प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जानकारी दिएको छ ।
‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।
यस्तै, प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
तीनवटै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar