काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेको छ ।
आज लघुवित्तबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
आज ९० लाख तीन हजार कित्ता सेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar