एजेन्सी– युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलाबारे बताएको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो ।
एक संक्षिप्त बयान जारी गर्दै युक्रेनको सेनाले यस हमलामा कयौंको मृत्यु भएको र धेरै जना घाइते भएको दाबी गरेको छ । यो हमला रुसको ब्ल्याक सी फ्लीटका कमान्डरहरूको बैठकलाई निशाना बनाएर गरिएको उसको जिकिर छ ।
यता युक्रेनकै गुप्तचर प्रमुख क्रिलो बुडानोफका अनुसार हमलामा दुई शीर्ष कमान्डर गम्भीर रुपमा घाइते भएका छन् । उनले कम्तीमा ९ जना मारिएको दाबी पनि गरेका छन् ।
शुक्रबार रुसको हमलापछि एक सैनिक बेपत्ता बनेको बताएको थियो । क्राइमियाकाको सेवास्तेपोलमा रुसको ब्ल्याक सी फ्लीटको अड्डा रहेको छ । यसलाई रुसी नौसेनाको सबैभन्दा राम्रो फ्लीट मानिन्छ ।
बीबीसीले युक्रेनी सेनाको स्रोतलाई उद्धृत गर्दै हमलामा स्ट्रोम स्याडो क्षेप्यास्त्र प्रयोग भएको उल्लेख गरेको छ । यो क्षेप्यास्त्र युक्रेनलाई बेलायत र फ्रान्सले दिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar