एजेन्सी– सरकारले संसदमा पेश गरेको श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन् । सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र अन्य श्रमीक संघले विधेयक फिर्ता लिन माग गर्दै २४ घण्टे हडताल गरेका छन् ।
तर, सरकारले भने यस विधेयकले अघोषित श्रमको समस्यालाई समाधान गर्ने र कामदारको आम्दानी बढाउन मद्दत गर्ने बताएको छ । विधेयकमा पूर्ण समय कर्मचारीहरुले कुल दैनिक कामको १३ घण्टा भन्दा बढी नभएसम्म दोस्रो काम पाउने शर्तहरु तोकेको छ ।
उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar