काठमाडौं– काभ्रेका स्थानीय तहले विद्यालयको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन् । आज धुलिखेलमा भएको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले तत्काल विद्यालयको पठनपाठन सूचारु गर्न निर्देशन दिएका हुन् ।
अनिश्चितकालिन विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा रहँदा विद्यार्थीहरूको अधिकार हनन् भएको ठहर गर्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले उक्त निणर्यसहित निर्देशन दिएका हुन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द रहेको विद्यालय तत्काल सूचारु गर्न निर्देशन दिएको हो ।
विद्यालय बन्दको कारण बालबालिकाको विद्यालय जाने अधिकारबाट बञ्चित हुन पुगी शिक्षामा ठूलो असर भएकाले सबै सरोकारवालाहरू संवेदनशील र गम्भीर भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष स्थानीय सरकारहरूका नेतृत्वहरूले निकालेका छन् ।
यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
उक्त बैठकले नेपाल सरकारले संसदमा छलफलको लागि पेश गरेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर्न पनि आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar