काठमाडौं– एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउनेछ ।
को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौं उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् ।
यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।
एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar