एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक अमेरिका भ्रमणमा जानु भएका जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गरेका हुन् ।
भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी बहादुरीको प्रशंसा गर्दै अमेरिका सधै युक्रेनको साथमा रहने आश्वसन दिएका थिए ।
अमेरिकाले युक्रेनलाई १२ करोड ८० लाख अमेरिकी डलर बराबरको थप हतियार सहयोगको घोषणा गरेको ह्वाइट हाउसका सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।
अमेरिकी संसदले आगामी बजेटमा सहमति जुटाउन नसकिरहेको बेला जेलेन्स्कीले अमेरिकी भ्रमण गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar