एजेन्सी– भारतले क्यानडामा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
दुई देशबीचको विवाद बढ्दै गएपछि हिजो मङ्गलवार क्यानडाले भारतमा यात्रा गर्दा सावधानी अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो ।
आज भारतीय विदेश मन्त्रालयले पनि सूचना जारी गरेर क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणित अपराध तथा आपराधिक हिंसालाई ध्यानमा राख्दै अत्यन्तै सावधानी अपनाउन आग्रह गरेको छ । क्यानडामा रहेका भारतीय कुटनीतिज्ञ र भारतीय समुदायका वर्गलाई लक्षित गरेर विभिन्न प्रकारका आक्रमण भएको भारतीय दाबी छ ।
क्यानडामा भइरहेको भारत विरोधी आन्दोलन र एजेन्डाप्रति भारतीय विदेश मन्त्रालयले खेदसमेत प्रकट गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar