काठमाडौं– भारत सरकारले भारतमा कार्यरत एक जना क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ ।
क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले यस्तो निर्देशन दिएको हो । उसले क्यानडाको आरोप अस्वीकार गरेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै पाँच दिनभित्र क्यानडाली उच्चायुक्तलाई देश छोड्न निर्देशन दिइएको जानकारी गराएका छन् । उनलाई देश छाड्न ५ दिनको समय दिइएको जनाइएको छ ।
क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो ।
त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाका नेता निज्जरको हत्या गरेको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar