एजेन्सी– लिबियाको डेर्नामा आएको विनाशकारी बाढीपछि लिबिया पठाइएको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको ग्रीसको सेनाले आज जनाएको छ ।
“सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव आज एथेन्स फर्काइनेछ,” ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ । लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर (१८५ माइल) टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।
लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताए । उनका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar