काठमाडौं– नेपाली कांग्रेसले स्थगित बिपी साहित्य महोत्सव असोज ३ गते बुधबार गर्ने भएको छ ।
संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो ।
नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको थियो ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले असोज ३ गते बिहान १०ः३० बजेदेखि अपराह्न ५ बजेसम्म बिपी साहित्य महोत्सव गरिने जानकारी दिए ।
कांग्रेसले भदौ २४ र २५ गते पनि बिपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar