काठमाडौं– नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् ।
सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका सरकारी र निजीसहित १० हजार १३९ स्वास्थ्य संस्थाबाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका थिए ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए । सोही घटनालाई दिएर संघले आन्दोलन थालेको थियो ।
आक्रमणमा संलग्नलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र अन्य संलग्न व्यक्तिलाई पक्राउ गर्ने लगायतका सहमति भएपछि ओपीडी सेवा सुरु भएको संघले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar