काठमाडौं– हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएको कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बागमती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन् ।
डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि बुधवार कुटपिट भएपछि कारबाहीको माग गर्दै स्वास्थ्यसंस्थाको आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । अहिले प्रदेश सभा बैठक चलिरहेको छ ।
बुधवार बिहान हेटौंडा–१, भिन्तुनापथमा रहेको सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो । गएको साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन् ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar