काठमाडौं– चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकहरुले पनि विरोध सभा गरेका छन् ।
भदौ २७ गते बुधबार हेटौडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर द्धय विकास थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालो पट्टी बाँधेर एक घण्टा ओपिडि बन्द गरि दोषीलाई कार्वाहीको माग गरेका छन् ।
चिकित्सकलाई हातपात गर्नेलाई कानुन अनुसार कार्वाही हुनु पर्ने धादिङ अस्पतालका डाक्टर रुद्रमणी भण्डारीले बताए । हातमा कालो पट्टी बाधेर विरोध गरेको उनले बताए ।
भदौ २७ गते बुधबार हेटौडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टर सन्तोष थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै ओपिडि बन्द गरि कालो पट्टी बाँधेर विरोध गरिएको डाक्टर राम रिजालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar