एजेन्सी– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् ।
रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ बाट देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
६५ वर्षका ली गत मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए ।
यसअघि गत महिना तत्कालीन चिनियाँ विदेश मन्त्री छिन काङ एक्कासी सार्वजनिक रूपमा देखिन छाडेका थिए। त्यको केहिसमयपछि राष्ट्रपति सी चिनफिङले उनलाई बर्खास्त गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar