धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनिघाट रोराङ गाउँपालिका भेलालाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
भेला भोलि (शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा रास्वपा बेनिघाट रोराङले भेला आयोजना गरेको छ । उक्त भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ। भेला दिउँसो साढे १२ बजे हुनेछ।
भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले पनि सम्बोधन गर्नेछन्। यसैबीच अर्यालले आज (बिहीबार) ज्वालामुखी गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीयवासी र जनप्रतिनिधिसँग भेटघाट गरेका छन्। अर्यालले धादिङको विकास र समृद्धिका लागि स्थानीयवासी र जनप्रतिनिधिसँग सल्लाह सुझाव लिइरहेका छन्।
उनले धादिङ जिल्लाको विकासका लागि आफू रातोदिन खटिरहेको पनि भेटघाटका क्रममा बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar