काठमाडौं – चलचित्र संरक्षण मञ्चको चौथो अधिवेशनले अध्यक्षमा टिकाराम रखाल मगर (रोजन) निर्वाचित गरेको छ ।
दुईवर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितीय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, उपमहासचिवमा तेजबहादुर गिरी, सचिवमा निरबहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवनकुमारी भोलन (रोशनी), सहकोषाध्यक्षमा संगीत सागर बुर्जा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा मायादेवी सिङतान, विश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्तिकुमारी डिमडुङ, राखिन्द्रकुमार थिङ, ध्रुव चौलागाई र सुभाष गोतामे निर्वाचित भएका छन् ।
चलचित्र पत्रकार विष्णुप्रसाद सुवेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुलविक्रम रायमाझी निर्वाचन अधिकृत रहेका थिए । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा आजीवन माधवराज खरेललाई सम्मान गरिएको थियो । साथै सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी कमला जोशी, गायिका सरिता भारती, छायांकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदरपत्र प्रदान गरिएको थियो । संस्थाका मानार्थ सदस्य गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुवेर गिरी, गीता पौडेलसमेत उपस्थिति रहेको कार्यक्रममा आजीवन सदस्य विमला भुजेल, गोविन्दबहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष रखालले आगामी दिनमा नेपाली चलचित्रको संरक्षणका लागि सशक्त रुपमा लागिपर्ने प्रतिवद्धता जनाए । यस्तै प्रथम उपाध्यक्ष सिग्देलले नेपाली चलचित्रको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । द्वितीय उपाध्यक्ष राउतले सामूहिक एकता र सहकार्यबाट मात्र नेपाली चलचित्रको विकास, विस्तार र प्रवद्र्धन सम्भव भएको भन्दै आफू यसैमा केन्द्रित हुने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar