काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् ।
आज काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन ।
धुम्बाराहीकी १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाएर खोपको शुभारम्भ गरेका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको र वागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुभारम्भ गरिएको बताए ।
७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।
सरकारलाई प्राप्त भएको २० हजार भाइल खोप प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरु डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि सुभारम्भ भएको छ ।
यसैगरी कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाले जनाएको छ ।
यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्ने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar