काठमाडौं– सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि लगाइदैछ ।
यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ ।
अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन् । खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् ।
बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सि २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ ।
यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar