काठमाडौं– आइतबार र सोमबार बढेको सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको सेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको सेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर आठ प्रतिशतले बढेको छ ।
आज ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar