एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उन रुस पुगेका छन् । उनी उत्तर कोरियाबाट रेल चढेर रुस पुगेको बीबीसीले जनाएको छ । उनले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । किम चार वर्ष पछि रुस पुगेका हुन् । कोरोना महामारी शुरु भएपछि उनको यो पहिलो विदेश भ्रमण समेत हो ।
अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar