रौतहट – जिल्लामा एक महिनाको अवधिमा ६४ नयाँ साना उद्योग थपिएका छन् ।
जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरमा चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका ६४ वटा उद्योग दर्ता भएका हुन् ।त्यस्तै कार्यालयमा वाणिज्य तर्फ ७९ वटा फार्महरु दर्ता भएका छन् । थपिएका साना उद्योगमा सवैभन्दा धेरै कृषि तथा वनजन्यमा आधारित साना उद्योग ४१ वटा रहेका छन् । यसैगरी सेवामूलक १४ वटा, पर्यटन मूलक ५ वटा, उत्पादन मूलक उधोग ४ वटा गरी ६४ नयाँ उद्योग थप भएका हुन् ।
सोहि अवधिमा १६ वटा साना उद्योग खारेजी र १ सय ४३ साना उद्योग नविकरण भएको घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौरका प्रमुख जयकान्त झाले जानकारी दिए । नयाँ साना घरेलु उद्योग दर्ता भएको मध्ये जिल्लाको मध्य भागमा पर्ने गरुडा–३ मा अगरबती उद्योग,चन्द्रपुर–५ मा पापड बनाउने उद्योग, गौर–१ मा पाउरोटी बनाउने उद्योग, फतुवा बिजयपुर–८ मा काठ फर्निचर उद्योग थपिएका छन् ।
झाका अनुसार साना उद्योग, वाणिज्य दर्ता नविकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा १२ लाख ५६ हजार सात सय रुपैया राजश्व संकलन भएको छ । जसमध्ये साना उद्योग तर्फ ५ लाख २१ हजार ३ सय रुपैयाँ संकलन गरिएको छ भने वाणिज्य तर्फ ७ लाख ३५ हजार ४ सय रुपैयाँ संकलन गरिएको उनले बताए ।
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८७५ साना उद्योग दर्ता भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar