काठमाडौं– आज नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ७.७३, फ्लोट इण्डेक्स ३.१९ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्बको सेयर खरिद बिक्री भएको बजारमा आज २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सर्वाधिक ७.७२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने त्यस्तै, एभरेष्ट बैंकको करिब ६ करोडको सेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar