काठमाडौं– काठमाडौंमा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।
खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar