काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले भण्डारीसँग बयान लिएको हो ।
प्रहरीले बोलाएपछि भण्डारी आज बिहान सीआईबी गएका थिए । भण्डारीसँग बयान लिएर आवश्यक परेमा उपस्थित हुने कागज गराएर पठाइएको सिआईबी स्रोतले जानकारी दिएको छ ।
भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको प्रमाण प्रहरीले फेला पारेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar