एजेन्सी– मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सुख्खा ६ सय ३२ पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार राति २३ः ११ मा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ ।
यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar